दफा १५
जग्गाको दर्ता राख्ने
: यस ऐन बमोजिम बिक्री वितरण हुने जग्गाको दर्ता राख्ने सम्बन्धमा कमिशन वा तोकिएको अधिकारी वा अड्डाको निम्न लिखित अधिकार हुनेछ –
तर कमिशनको कार्यालयमा तोकिएको अधिकारी वा अड्डालाई सो अधिकार प्राप्त हुनेछैन ।
(क) आवश्यकतानुसार सामुहिक वा व्यक्तिगत सूचना दिई सम्बन्धित व्यक्तिहरूबाट आवश्यक कुराहरू बुझ्ने विवरण लिने र कागजपत्रहरू पेशगर्न लगाउने ।
(ख) बिक्री वितरण नभईसकेको अवस्थामा परेका उजूरी निवेदन किनारा लगाउने ।
(ग) विकास क्षेत्र भित्रको जग्गा वितरणका सम्बन्धमा नेपाल सरकारले समय समयमा सुम्पिएका अरू आवश्यक काम कारवाई गर्ने ।